विद्यार्थि नेता शंकर दत्त जोशीको पहलमा समस्यामा परेका विद्यार्थीलाई घर पठाइयो

कञ्चनपुर /२५ बैशाख – कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले बैशाख मसान्त सम्मका लागि निषेधाज्ञा जारी गरे पछि कञ्चनपुरको महेन्द्रनगरमा कोठा भाडा गरी पढ्ने दार्चुलाका विद्यार्थीलाई घर पठाइएको छ ।

विद्यार्थी नेता शंकर दत्त जोशीको पहलमा निषेधाज्ञाको समयमा कोठा भाडा गरि बस्ने विद्यार्थीका समस्यालाई मध्यनजर गर्दै घर पठाइएको हो ।

शंकर दत्त जोशीको पहलमा संकटमा परेका विद्यार्थीहरुलाई घर पठाउन प्रशासन, प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीसँग समन्वय सहकार्य गरी विद्यार्थीलाई घरसम्मै पु¥याईएको छ ।

‘लकडाउनमा फसेका महेन्द्रनगरमा कोठाभाडा गरि बस्ने दार्चुलाका विद्यार्थीहरुलाई घर पठाए । आगामी दिनमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अन्य जिल्लाका विद्यार्थीहरुलाई पनि घर पठाउने छु नेता जोशीले भने ।’

निषेधाज्ञाका कारण क्याम्पस, बिद्यालय, ट्युसन लगायत सबै शैक्षिक संस्थाहरु बन्द भएपछि महेन्द्रनगरमा अध्ययनका लागि डेरा गरि बस्दै आएका विद्यार्थीलाई घर जान समस्या परेको थियो ।