कपिलवस्तु /२४ बैशाख – कोभिड-१९ संक्रमणका कारण जिल्ला प्याब्सन कपिलवस्तुका सचिब गोपाल पाठकको मृत्यु भएको छ । आज बिहान ४ः३० बजे चन्द्रौटास्थित शिवराज नगरपालिकाले बनाएको आईसोलेसन सेन्टरमा उनको मृत्यु भएको हो
बैशाख २२ गते उनलाई आईसोलेसन सेन्टरमा लगिएको थियो । साथै थप उपचारको लागि हस्पिटलमा ठाउँ नपाए पछि आईसोलेसन सेन्टरमै उनको मृत्यु भएको हो । ३५ वर्षीय पाठक गोल्डेन पार्क एकेडेमी विद्यालयका सञ्चालक हुन ।



