काठमाडौं /२१ बैशाख – त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयले अनुसन्धान कोष अन्तर्गतका सहकार्यत्मक र शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव आव्हान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रबन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयका शिक्षक, विद्यार्थी, शोद्यार्थीहरुलाई प्रस्ताव आव्हान गरेको हो ।
इच्छुक शिक्षक, विद्यार्थी, शोद्यार्थीहरुले जेठ १४ गते भित्र अनुसन्धान निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव पठाउन आव्हान गरेको छ ।




