त्रिवि सेवा आयोगका अन्तवार्ता र परीक्षा आयोग बाटै सूचना प्रकाशन भए बमोजिम हुने


काठमाडौं /१८ बैशाख – त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को संक्रमण भयाबह बन्दै गएको अवस्थामा नेपाल सरकार ,स्थानीय प्रशासन तथा निकायहरुबाट गरिएका निर्णय एवम् सूचनाहरु कार्यन्वयन गर्न सबै कर्मचारी,पदाधिकारी,शिक्षकहरुलाई आग्रह गरेको छ ।

विश्वविद्यालयले सूचना जारी गर्दे त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अन्तवार्ता र परीक्षा कार्यक्रम सेवा आयोग बाटै सूचना प्रकाशन भए बमोनिम हुने जानकारी दिएको छ ।

स्थानिय प्रशासनले लकडाउन तथा निषेधआदेश जारी गरेमा अत्यावश्यक सेवा बाहेक अन्य कार्य अनलाइन मार्फत गर्न विश्वविद्यालयका कर्मचारी,पदाधिकारी,शिक्षकहरु सबैलाई आग्रह गरेको छ ।

कक्षा सञ्चालनमा सम्बन्धन प्राप्त क्याम्पसमा सैद्धान्तिक कक्षाहरु र सम्भव भएसम्मका प्रयोगात्मक कक्षाहरु अनलाइन माध्यमबाट गर्ने निर्णय गरेको छ । साथै भौतिक उपस्थितिमा हुने परक्षिाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरेको छ ।

विश्वविद्यालयका नियमित प्रशासनिक कामहरु आलोपालो पद्धति अनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउने र घरबाटै गर्न सकिने काम अनलाइन माध्यमबाट घरबाटै काम सञ्चालन गर्न कार्यकारी परिषद्ले निर्णय गरेको छ ।

त्यसैगरी अस्पताल बाहेक अन्य क्षेत्रहरुमा अतिरिक्त पारिश्रमिक दिई अतिरिक्त समय काममा लगाइएको भए सो बन्द गर्न विश्वविद्यालयले निर्देशन दिएको छ ।