पठनपाठन नभए पनि आलोपालामा शिक्षक खटाउन प्रधानध्यापकलाई आग्रह


इलाम /१७ बैशाख – इलाम नगरपालिकाले कोभिड- १९ को संक्रमणका कारण विद्यालयमा पठनपाठन र परीक्षाका कार्य नभए पनि अन्य कार्यहरु नियमित गर्नका लागि नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई अनुरोध गरेको छ ।

विद्यालयका दैनिक प्रशासनिक कार्यहरु,नो कस्ट, लो कस्टका शैशिक सामग्रीहरुको निर्माण,शैक्षिक अनुसन्धान प्रतिवेदन तयारी र शैक्षिक कार्ययोजना निर्माणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गरी प्रधानध्यापकले आलोपालो पद्धती अनुसार शिक्षक तथा कर्मचारी खटाउन भनिएको छ ।

साथै पालोका कारण अनुपस्थित हुने शिक्षक तथा कर्मचारीको हकमा प्रधानाध्यापकले कोभिड काज जनाउने जानकारी दिएको छ ।

त्यसै गरी कोभिड -१९ को संक्रमण दर घट्दै गई सहज भएमा परीक्षा सञ्चालन तथा व्यावस्थापनका कार्यलाई अगाडि बढाउनु पर्ने भएकोले वार्षीक परीक्षाको तयारी अवस्थामा रहन घरमै सुरक्षित रहि बालबालिकाको पठनपाठनलाई नियमितता दिन अभिभावकहरुलाई अनुरोध गरीएको छ ।