सप्तरी/ १३ वैशाख– सप्तरीका ११ वटा विद्यालयका प्रिन्सिपललाई प्रहरीले पक्राउ गरिएको छ ।
कोरोना संक्रमण बढेका कारण विद्यालय बन्द गर्न भनि सरकारले दिएको आदेश विपरीत विद्यालय सञ्चालन गरेको भन्दै ११ जना प्रिन्सिपल पक्राउ परेका हुन् ।
सप्तरी राजविराजस्थित ११ वटा विद्यालयका प्रिन्सिपललाई सरकार निर्देशन विपरीत कार्य गरेको आरोपमा पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
सरकारले गत सोमवारबाट राजविराजका विद्यालय बन्द गर्ने आदेश दिएको थियो । तर, त्यसविपरीत प्रिन्सिपलहरुले अटेर गरी यहाँका केही विद्यालय सञ्चालन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।



