सरकारको निर्णयपश्चात् मात्र पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन हुने

काठमाण्डौं/१३ वैशाख– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षा अहिले नै स्थगन नहुने विश्वविद्यालयले जनाएको छ ।


परीक्षा के गर्ने भन्ने विषयमा नेपाल सरकारको निर्णयपश्चात् मात्र विश्वविद्यालयले निर्णय गर्ने पूर्वाञ्चल विविका भिसी प्रा.डा. यादवराज कोईरालाले जानकारी दिएका छन् ।


साथै, पूर्वाञ्चल विश्वविद्यालयले नयाँ परीक्षा भने नलिने र यदि लकडाउन भएन र सरकारले त्यस्तो कुनै निर्णय गरेन भने अहिले सञ्चालन भईरहेको परीक्षालाई सम्पन्न गर्ने उनले बताए ।