काठमाडौं /२६ चैत – काठमाडौं विश्वविद्यालयले कोरोना संक्रमण पुनः बढेको भन्दै विश्वविद्यालयमा उपस्थित भै भौतिक रुपमा पठनपाठन गर्न बन्द गरेको छ ।
विश्वविद्यालयले बुधबार सूचना जारी गर्दै विश्वव्यापी रुपमा पुनः फैलिएको कोरोना महामारी कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकोले यस असहज परिस्थितिमा क्षति न्यूनीकरण गर्दै लाने उद्देश्यले मिति २०७७ चैत्र २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म यस विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।
साथै उक्त अवधिमा स्कुल तथा विभागीय प्रशासन भने सुचारु रहने र अनुसन्धान तथा प्रोजेक्टका कार्य सम्बन्धित प्रमुखहरुको निर्णयबमोजिम हुने सूचनामा जनाइएको छ ।




