सर्लाही/ २५ चैत – सर्लाही लालबन्दी नगरपालिका ७ मा रहेको सहीद इगल स्मृति प्रथमिक विद्यालयका विद्यार्थीलाई मङ्लबार निःशुल्क विद्यालय पोसाक वितरण गरिएको छ ।कोमल हृदय प्रतिष्ठानले ९५ विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको हो । सो प्रतिष्ठानले विद्यार्थीलाई दुई महिनादेखि निःशुल्क रुपमा ट्युसनसमेत पढाइरहेको छ ।
यस्तै विद्यालयमा प्रदेश सभा सदस्य बेची लुङ्गेलीले भौतिक पूर्वाधार संसदीय विकास कोषबाट उपलब्ध गराउनुभएको पाँच लाख रुपियाँका सम्बन्धमा मङलबार नै छलफल गरीएको छ ।
छलफलबाट विद्यालयका व्यावस्थापन समितिकी अध्यक्ष पवित्रा घिमिरेकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । सो रकमबाट विद्यालयमा पर्खाल तथा गेट निर्माणसँगै झ्याल ढोकामा र्ममत सम्भार र कक्षा कोठाको रङरोगन गर्ने तयारी रहेको व्यवस्थापन समितिकी अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।



