पाकिस्तानी दूतावासद्वारा पाँच सय पचास विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाण्डौं/२४ चैत– नेपालस्थित पाकिस्तानी दूतावासले पाँच सय पचास जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ ।


दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गर्दै पाँच सय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।


कार्यक्रममा राजदूत सैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास प्रकट गर्दै नेपाली सरकारी विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि भन्दै प्रति विद्यार्थी रू.१० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ ।


गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा कुनै आर्थिक बाधा नहोस् भनेर पाकिस्तानी दूतावासले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।