काठमाण्डौं /२४ चैत– नेपाली कांग्रेस गण्डकी प्रदेश शिक्षा विभागको आयोजनामा “राष्ट्रिय शिक्षा नीति” प्रारम्भिक प्रतिवेदन बारे अन्तक्र्रिया गरेको छ ।
सोमबार पोखरा स्थित संग्रिला भिलेज रिसोर्टमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसको भावी शिक्षा कार्यदिशा निर्माणका लागि बौद्धिक व्यक्तित्वहरुबाट सुझाव संकलन गर्दै सो विषय उपर छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका सदस्य सचिव डा. कृष्णप्रसाद पौड्यालले कांग्रेसको शिक्षा नीतिको संरचनाको विषयमा जानकारी गराउँदै शिक्षा नीतिलाई समयनुरुप परिवर्तन गर्नुपर्ने कुरालाई अघि सारेका थिए ।
जिवनउपयोगि शिक्षालाई महत्व दिनु पर्नेमा जोड दिंदै कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख हरी नेपालले शिक्षा आत्मबोध, राष्ट्रबोध र युगबोध गरी ३ किसिमको निर्देशनमा हुनुपर्ने बताए ।
त्यस्तै, कार्यक्रमका सभापति एंव गण्डकी प्रदेश शिक्षा विभागका संयोजक चिनु रानाभाटले कांग्रेसले बदलिंदो परीवेश अनुसार शिक्षा नीतिलाई परीवर्तन गर्नुपर्ने र उदारीकरणको अर्थ नीतिलाई शैक्षिक क्षेत्रमा पनि अंगाल्नु पर्ने धारणा व्यक्त गरे ।
गण्डकी प्रदेश शिक्षा विभागका सचिव रमेशबाबु भट्टराइले सञ्चालन गरेको सो कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका उप प्रमुख शेषनाथ अधिकारी, प्रदेश माननिय कुमार खड्का, विन्दु कुमार थापा, किशोर दत्त वराल लगायतले आफ्नो भनाई प्रस्तुत गरेका थिए भने कार्यक्रममा गण्डकी प्रदेशका प्राध्यापक, शिक्षक, शिक्षाविद्हरुको उल्लेख्य सहभागीता रहेको थियो ।



