काठमाडौं /२४ चैत – प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् परीक्षा नियन्त्रण कार्यलयले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका ८० जना छात्राछात्रहरुलाई प्रि डिप्लोमा तह र ४८० जनालाई डिप्लोमा ,प्रमाणपत्र तह अध्ययनका लागि विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अनुसार निःशुल्क अध्ययनका लागि परीक्षार्थी छनोट प्रवेश परीक्षाको आवेदन फारम माग गरेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम व्यावस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी छात्रवृत्ति खुलाएको जनाएको छ ।




