विद्यार्थीमा कोरोना सङ्क्रामण


राजविराज /२१ चैत – करिब तीन महिनापछि राजविराजका एक विद्यार्थीमा कोरोना सङ्क्रामण पुष्टि भएको छ ।

प्छिल्लो पटक राजविराज २ निवासी २१ वर्षीय विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।

प्छिल्लो तीन महिनायता जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोभिड प्रयोगशालामा बिहीबार दुई जनाको स्वाब परीक्षा गर्दा एक जनामा कोरोना पोजिेटिभ भेटिएको उहाँले बताउनु भयो । कोरोना सङ्क्रमण पुष्टि भएको विद्यार्थी पोखरास्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत हुनुहुन्छ ।

एक साता अधि होलि मनाउन घर आउनुभएको उँहालाई उच्च ज्वरोसंगै रुघाखोकि लागेपछि स्वाप परीक्षण गराउँदा सङक्रमण पुष्टि भएको हो । सङ्क्रमण विद्यार्थीलाई होम आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यलय सप्तरीले जनाएको छ ।