चैत २९ गते सार्वजनिक बिदा

काठमाण्डौं/१९ चैत- आगामी चैत २९ गतेका दिन काठमाडौं उपत्याकाभित्र सार्वजनिक बिदा दिने भएकोे छ ।
घोडेजात्राको अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र अनुसार सो दिन घोडेजात्राको अवसरमा बिदा हुने जनाएको छ ।
घोडेजात्रा एक ऐतिहासिक र सामाजिक जात्राका रुपमा प्राचीन कालदेखि नै काठमाडौ उपत्यकामा मनाइँदै आइरहेको परम्परा हो ।

सो दिन काठमाडौको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच राज्यका प्रतिष्ठित व्यक्तित्वहरुमाझ नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष कृत्य तथा विभिन्न अभ्यासहरु प्रर्दशन गर्दछन् ।