तनहुँ /१६ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रतिकूल मौसमका कारण विद्यालय बन्द गर्न भनि दिएको निर्देशनलाई अस्वीकार गर्दै तनहुँ जिल्लाको भिमाद नगर कार्यपालिकाले विद्यालय नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
भिमाद नगरपालिकाले त्यस क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।
वायु मण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण चैत २० गतेसम्म मन्त्रालयद्वारा शिक्षण संस्थामा विदा जारी गरेको भएपनि सो क्षेत्रभित्र भने विद्यालय नियमित नै सञ्चालन हुने शाखा अधिकृत टेकावृत्ति ढकालले जानकारी दिए ।




