काठमाण्डौ /१५ चैत – तेश्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगितामा फेरील्याण्ड इन्टरनेशनल स्कुलकी छात्राले कास्यपदक जित्न सफल भएकी छन् । स्कुलकी तेक्वान्दो खेलाडि कृतिका कट्वालले कास्य पदक जित्न सफल भएकी हुन । चैत्र १३ र १४ गते कर्णालि प्रदेशको सुर्खेतमा भएको प्रतियोगितामा कट्वालले अन्डर २३ क्याटागोरीमा तृतीय स्थान प्रप्त गरेकी हुन ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० बलुवाखानीमा रहेको फेयरील्याण्ड इन्टरनेसनल स्कुलमा अध्ययनरत कटवालले अन्य प्रतियोगिताहरुमा पनि पदक जितेकी छन ।



