कोभिड सङ्क्रमणका कारण परीक्षा छुटेका विद्यार्थीलाई पुनः परीक्षाको व्यावस्था


काठमाडौं /९ चैत – प्राविधिक शिक्षा व्यावसायिक तालीम परीषद् परीक्षा नियन्त्रण कार्यलयले सीटीईभीटीले डिप्लोमा, प्रमाण पत्र तह तथा प्रि- डिप्लोमा तहका परीक्षा आवेदन भरी सञ्चालन भएको समयमा कोभिड १९ -सङ्क्रमण भई नियमित , आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई निबेदन दिन भनिएको छ ।

कात्तिक देखि चैत महिना सम्म सञ्चालित वार्षिक,सेमेस्टर तथा प्रि- डिप्लोमा तहको निउमित आंशिक परीक्षामा कोभिड १९ बाट सङ्क्रमण भई परीक्षामा समावेश हुन नसकेका विद्यार्थीहरुलाई मात्र पुनः परीक्षा सञ्चालनको व्यावस्था मिलाइने भएको हो ।

साथै विद्यार्थीले परीक्षा सञ्चालन भएको समयमा कोभिड १९ सङ्क्रमण भएको र त्यस पश्चात सङ्क्रमण मुक्त भएको ल्यावको रिपोर्ट निवेदनमा समावेस गर्नु पर्ने छ । त्यस्तै परीक्षाको प्रवेश पत्र,सम्बन्धित विद्यार्थीको निवेदन र शिक्षण संस्थाले व्याहोरा खुलाई गरेको सिफारीस पत्र संलग्न गराई परीषद्को प्रदेशकार्यलयमा दर्ता गराउन भनिएको छ । विद्यार्थीले याही चेत २३ गते भित्र निवेदन दर्ता गराउनु पर्ने छ ।