काठमाडौं /९ चैत – त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकाय डीनको कार्यलयले मस्टर अफ बिजनेस स्टडिज एमबिएस र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रशन एमपिएको प्रथम सत्र नियमित परीक्षा कार्यक्रमको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
सेमेष्टर प्रणलिमा सञ्चालित मस्टर अफ बिजनेस स्टडिज एमबिएस र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रशन एमपिए कार्यक्रममा २०७६ मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र २०७६ अघि प्रथम परीक्षामा सामेलभै अनुत्तिर्ण वा उपस्थित भएका आंशिक परीक्षार्थीहरुको प्रथम सत्रको नियमित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।




