काठमाण्डौं/३ चैत्र– त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह सबै वर्ष दोस्रो खण्डको परीक्षा स्थगीत गरेको छ ।
महाशाखाले आज एक सूचना प्रकाशित गर्दै मंगलबारदेखि सञ्चालन हुन गईरहेको स्नातक तह सबै वर्ष दोस्रो खण्डको नियमित तथा पुनः परीक्षा सम्बन्धमा पश्चिमाञ्चल क्याम्पस, पोखरा अन्तर्गत छात्राबासमा बस्ने ८ जना परीक्षार्थीहरुमा कोभिड–१९ पोजिटिभ देखिएकोले महामारीको रुप लिन सकिने बताउंदै उक्त संवेदनशील परिस्थितिलाई मध्यनजर गरी सम्बन्धित केन्द्रहरुमा मात्रै सञ्चालन हुने सम्पूर्ण परीक्षाहरु चैत्र ३ गते देखी ८ गतेसम्मका लागि स्थगित गरिएको जनाएकाे छ ।
यसका साथै, चैत्र ९ गतेदेखिका परीक्षाहरु पूर्व परीक्षा तालिका अनुसार नै सञ्चालन हुने परीक्षा नियन्त्रण महाशाखाका सहायक डीन प्रा.डा ज्ञानबहादुर थापाले जानकारी दिएको छ ।




