स्नातक तहको छात्रवृत्ति भर्न पाउने समयमा थप


काठमाण्डौं /२८ फागुन – पोखरा विश्व विद्यालयको स्नातक तहको छात्रवृत्ति व्यवस्थाको परीक्षामा समय थप गरेको छ ।
विश्वविद्यालयले फागुन २८ सम्म स्नातक तहका लागि खोलेको छात्रवृत्ति अनलाईन फर्म लम्ब्याएर एक साता अर्थात् चैत्र ६ गते सम्मका लागि थप गरेको हो ।

विश्वविद्यालयले आज एक सूचना निकाल्दै प्लस टु वा सो सरहको यस वर्षको परीक्षाफल प्रकाशित भई पास भएका विद्यार्थीहरुका लागि ट्रान्सक्रिप्ट भए ट्रान्सक्रिप्त नभए कक्षा १२ र ११ उत्तीर्ण भएको दुवै मार्कसिटहरु र मार्कसिट पनि नभए कक्षा ११ उत्तीर्ण भएको मार्कसिट र कक्षा १२ को परीक्षमा सामेल भएको प्रवेश पत्र समावेश गरी अनलाईन फर्म भर्न सकिने जानकारी दिएको छ ।

फर्म भरेका विद्यार्थीहरुले आफ्नो परीक्षा हुने दिन सम्ममा प्लस टु को ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रमा अनिवार्य रुपमा रिफ्रेस आइडी उल्लेख गरी छात्रवृत्ति शाखामा बुझाउनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

अन्यथा, ट्रान्सक्रिप्ट वा छात्रवृत्ति नबुझाउने विद्यार्थीहरुको परीक्षा रद्ध तथा छात्रवृत्तिको प्रकृयाबाट उनीहरुलाई हटाईने जानकारी दिएको छ ।