एसइइका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नु पर्ने


काठमाडौं /२४ फागुन -आगामी जेठमा सञ्चलन हुने माध्यामिक शिक्षा परीक्षा एसईई को तायरीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराजा खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्नसमेत आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामिले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वअध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपिकरण गरिएको हो ,परीक्षाका लागि होइन । विद्यार्थीले सबै पाठ्यक्रमबाट प्रश्नपत्र आउने सक्छ भन्ने हिसाबले परीक्षाको तयारी अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

पढाउने कुराको सहज व्यावस्थापनका लागि मात्र कोरोना भाइरसको सङ्क्रमणको अवधिमा पाठ्यक्रममा सङ्क्षेपिकरण गरिएको भए पनि त्यसले परीक्षामा कुनै असर नगर्ने उहाँले स्पष्ट गरेको छ । गत वर्ष विद्यालयले नै गरेको अन्तिम आन्तिरिक मूल्याङकन आधारमा एसईईका विद्यार्थीको नतिजा सार्वजनिक गरिएको थियो । सरकारी अधिकारीले यसलाई अपवाद भनेका छन् ।

परीक्षा नियन्त्रक खकुरेलले विगतमा जस्तै एक सय पूर्णाङ्र्ककै परीक्षा सञ्चालन हुने जानकारी दिनु भयो । प्रयोगात्मक हुने विषयको हबमा भने ७५ अङ्कको परीक्षा र २५ अङ्कको प्रयोगात्मक परीक्षा हुने जनाइएको छ । गोरखापत्रमा खबर छ ।