प्रहरीद्वारा विद्यार्थीलाई एम्वुसिङ अभियान सुरू

दाङ/२३ फागुन– दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका गर्न विद्यार्थीहरूलाई लक्षित गर्दै एम्वुसिङ अभियान सञ्चालन गरेको छ ।
कलेज पढ्न आउने विद्यार्थीलाई लक्षित गर्दै दाङस्थित जिल्ला प्रहरी कार्यालयले चेकजाँच अभियान सुरू गरिएको हो ।


बढ्दो दुर्घटनाको क्रमलाई रोक्न र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीहरूलाई चेकजाँच गर्न यो अभियान थालिएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । डिएसपी रिजालले भने, “हामीले भर्खर स्कूल तथा कलेज पढ्ने रफ ड्राईभिङ, मोडिफाई र अनुमतिपत्र विना मोटरसाईकल तथा सवारीसाधन चलाउने विरूद्ध अभियान नै सञ्चालन गरी कारबाही गरिरहेका छौ ।”

उनका अनुसार चेक जाँचको क्रममा सवारी चालक अनुमतिपत्रविना सवारीसाधन चलाउने १ दर्जन सवारीसाधनलाई नियन्त्रणमा लिईसकेको छ ।
कलेज लक्षित यो अभियान १ महिना सम्म सञ्चालन गरिने र सुधार हुन नसके अवधी थप समेत हुने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।