शृंखला खतिवडा सहरी विकास योजना विषयमा स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालय जाने


काठमाडौ /१८ फागुन – पूर्व मिस नेपाल शृंखला खतिवडा आगामी अगस्टमा अमेरिकाको हावर्ड विश्वविद्यालयमा पढ्न जाने भएकी छन् । विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी हुन् ।

आर्किटेक्चरमा स्नातक गरेकी खतिवडा सहरी विकास योजना विषयमा स्नातकोत्तर गर्न लागेकी हुन् । हावर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा छनोट भए पछि सोसल मिडियामा खुसि व्यक्त गरेकी छन ।