काठमाण्डौं १७ फागुन– मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ईञ्जिनियरिङ संकाय, वीरेन्द्रनगर, सुर्खेत अन्तर्गत सञ्चालित स्नातक तहमा सिभिल, कम्प्यूटर तथा हाईड्रोपावर कार्यक्रमहरुमा पुनः प्रवेश परिक्षाका लागि भर्ना खुला गरेका छ ।
शैक्षिक सत्र २०७७/०७८ मा केही सिट रिक्त रहेको हुँदा दोस्रोपटक पुन सञ्चालन हुन गईरहेको प्रवेश परिक्षाका लागि भर्ना खुला गरेको हो ।
संचालित विभिन्न कार्यक्रमहरुमा नयाँ भर्नाको लागि अनलाइन बाटै आवेदन फारम भर्न सक्ने व्यवस्था गरेको छ । सो आवेदन फारम www.entrance.mu.edu.np मा गई अनलाइन मार्फत् भर्न सकिने छ । फाराम २०७७ चैत्र ५ गतेसम्म बुझाईसक्नुपर्ने छ ।




