छतबाट खसेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुर/फागुन १३– कञ्चनपुरको भरतपुरस्थित भीमदत्त नगरपालिका वडा नं. १८ मा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट खसेर मृत्यु भएको छ ।
फार्मेसी विषय लिएर पढिरहेका चौधरी आफू डेरा गरी बसेको दुई तले घरको छतबाट लडेर मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेर छतबाट लडेर आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।”
मृतक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का निवासी १८ वर्षीय सन्तोष चौधरी रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याएको छ ।