कञ्चनपुर /७ फागुन – विद्यालयमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालय भित्र विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन ।
कञ्चनपुर बेलौरी नगरपालिका ६ विद्यानगर स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कक्षा ६ मा अध्ययनरत विद्यार्थी माथि विद्यालय भित्रै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।



