काठमाण्डौं/२ फागुन– दाङस्थित राजपुर गाउँपालिका ७ नम्बरमा रहेको सिक्टा माध्यमिक विद्यालयका एक शिक्षकले विद्यार्थीलाई कक्षा कोठाभित्र प्लास्टिकको पाइपले कुटेका छन् ।
परीक्षामा कम नम्बर ल्याएको भन्दै गणित विषय पढाउने शिक्षक हेम राज विकले विद्यार्थी माथि कुटपिट गरेको हो ।
शिक्षकको कुटाइपछि विद्यार्थी शर्मिला कुमालले आफू बिरामी परेको बताएकी छिन् । कक्षा १० को गणित विषयको परीक्षामा नम्बर कम ल्याएको भन्दै शिक्षक विकले विद्यार्थीमाथि कुटपिट गरेका हुन् ।
सो कक्षामा विद्यार्थीलाई कुटपिट गरेको गरेको भिडियो समेत अहिले सार्वजनिक भएको छ ।
कम नम्बर ल्याएको निहुमा शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट


