कक्षा ११ को आशिंक परीक्षाको नतिजा आउन अझ केही समय लाग्ने

काठमाण्डौं /३० माघ– कक्षा ११ का परीक्षार्थीहरुको आशिंक मौका परीक्षाको नतिजा आउन केही समय लाग्ने स्रोतले जनाएको छ ।

यो वर्ष ०६५–०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।


सो परीक्षाको आंशिक रिजल्टका कापिहरु आउने क्रम जारी भईरहेको र कम्प्यूटरमा ईन्ट्रि हुने काम भईरहेकाेले गर्दा नतिजा प्रकाशनमा केही समय लाग्ने स्रोतले जनाएको छ ।