सिल्करोड कलेजमा बिबिएलाई आवश्यक पद्धतिद्वारा अध्यापन गराइन्छ


बिबिए कस्तो खालको विषय हो ?
बिबिए एउटा इन्टरडिस्सिप्लिनरी विषय हो, जुनसुकै विषय लिएर १२ कक्षा उतिर्ण भएका विद्यार्थीहरुले यो विषय रोज्न पाउँदछन् । विशेष गरी व्यवस्थापकीय सीपद्वारा एउटा परिपक्व नागरिक बनाउन उद्दत यो विषय आजको मितिमा व्यवस्थापन संकायको सबैभन्दा लोकप्रिय विषय बन्न पुगेको छ । अझै भन्ने हो भने, यो विषय जुनसुकै क्षेत्रमा पनि उपयोगी छ । वास्तवमा, एकदम व्यवहारिक तथा शोधमूलक पद्धति एवम् स्वयम् विद्यार्थीहरुलाई सहभागी गराई उनीहरुमा रचनात्मक तथा सिर्जनात्मक क्षमताको विकास गर्नमा एकदम महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषय हो, बिबिए ।

कस्ता विद्यार्थीले यो विषय पढ्ने र किन पढ्ने ?
यो विषय सबैखाले विद्यार्थीको लागि उपर्युक्त छ । तर, जसले जिवनमा सफल बन्ने र केही बन्ने सोँच राखेको छ, त्यस्ता विद्यार्थीहरुका लागि यो एक उत्कृष्ट विषय हो । यो विषयले रोजगारीको उचित अवसर त प्रदान गर्छ नै, यसको बावजुद यसले विद्यार्थीहरुमा उद्यमशिलताको विकास गराई उद्यमी बन्न अभिप्रेरित तथा उत्प्रेरणा दिने भएकोले जो भविष्यमा असल रोजगार चाहन्छ वा उद्यमी बन्न चाहन्छ, ति दुबैका लागि यो विषय उत्कृष्ट भएकोले म विद्यार्थीहरुलाई यो विषय पढ्न सुझाव दिन चाहन्छु ।

बिबिएस भन्दा बिबिए किन राम्रो ?
हेर्नुस्, बिबिएस र बिबिएलाई म तुलना गर्न चाहन्न । सबै विषय राम्रा हुन्छन् , तपाईँ कसरी पढ्नु वा पढाउनुहुन्छ, त्यसमा भर पर्ने कुरा हो । तसर्थ, यो विद्यार्थीहरुले आफ्नो आवश्यकता तथा चाहना अनुरुप तुलना वा छान्ने कुरा हो जस्तो लाग्छ । यद्यपि, कोही विद्यार्थी व्यवस्थापन तथा व्यवसायिकतामा केही गर्न चाहन्छन् भने, अलिकति महँगो भएता पनि बिबिए पढ्दा श्रेयस्कर हुन्छ ।

सिल्करोड कलेजलाई विद्यार्थीले किन रोज्ने ? विशेष के छ यो कलेजमा ?
एकदम सही प्रश्न गर्नु भयो यहाँले । म भन्छु, के छैन यो कलेजमा ? उपत्यकामा एकदम उचित मूल्यमा बिबिए पढ्नको लागि यो सर्वोत्कृष्ट कलेज हो, । सम्पूर्ण भौतिक पूर्वाधार भएको, अनुभवी तथा सक्षम प्राध्याकहरुद्वारा बिबिएलाई आवश्यक पद्धतिद्वारा अध्यापन गराइने संस्था हो, सिल्करोड कलेज । माथि उल्लेखित सबैखाले विद्यार्थीहरु जो असल रोजगारी चाहन्छन् वा उद्यमी बन्न चाहन्छन्, सबैमा आवश्यक पर्ने होलिस्टिक विकासका लागि कम्युनिकेशन, रचनात्मक तथा सिर्जनात्मक क्षमताको विकास गराई एउटा कुशल तथा सफल नागरिक बनाउनका खातिर यस सिल्करोड इन्टरनेशनल कलेजले एलसिसिआई ग्लोबल क्वालिफिकेशन्स, अन्तरप्रेरणा नेपाल तथा जब्स डाइनामिक्स नेपालसँग सहकार्य गर्दछ । यो कलेज एउटा अक्सफोर्डको मान्यता प्राप्त प्रशिक्षण केन्द्र पनि हो, जहाँ बिबिए पढ्ने हरेक विद्यार्थीलाई अक्सफोर्ड अचिभर नामको कोर्ष पढाएर त्यसको विश्वव्यापी मान्यता प्राप्त प्रमाण पत्र पनि प्रदान गर्दछ ।

पढाई बाहेक विद्यार्थीको भविष्यप्रति कलेज कत्तिको संवेदनसशील छ ?
पढाई भन्नु नै विद्यार्थीको भविष्यसँग जोडिएको हुन्छ । केवल किताबी पढाई वा ज्ञान आजको मितिमा स्विकार्य छैन । त्यसैले, यस सिल्करोड इन्टरनेशनल कलेजले वर्तमानमा यस्तो शिक्षा प्रदान गर्दछ जसले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्दछ । मैले अघि पनि उल्लेख गरेँ कि पढाई पश्चात् रोजगारीको लागि होस् वा उद्यमशिलताको लागि होस् , विद्यार्थीहरुको सबै खाले यात्रामा यस कलेज एकदम जिम्मेवारीका साथ अघि बढ्छ ।