सुर्खेत/ २६ माघ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुमा नयाँ भर्नाको लागि अनलाइन बाटै आवेदन फारम भर्न सक्ने व्यावस्था गरेको छ ।
विश्वविद्यालय मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुका लागि अनलाइन बाटै आवेदन फारम भर्न सक्ने व्यावस्था गरेको हो ।
विश्वविद्यालयले प्रवेश परीक्षा र नयाँ भर्नाको लागि प्रवेश परिक्षा आवेदन खुला गरिसकेको छ । विभिन्न कार्यक्रमहरुमा भर्ना गर्न प्रवेश परिक्षाका लागि आवेदन फारम अनलाइन मार्फत विद्यार्थीले आफैले भर्न सकिने व्यवस्था गरेको छ ।
उक्त आवेदन फारम www.entrance.mu.edu.np मा गई अनलाइन मार्फत भर्न सकिने छ । साथै विद्यार्थीले अनलाइन बाटै एडमिट कार्ड प्राप्त गर्न सक्नेछन ।




