न्युन आय भएका समुदायका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्साशास्त्र अध्ययनको खर्च सरकारले व्यहोर्ने


काठमाडौ /२३ माघ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट न्युन आय भएका दलित समुदाय मध्ये शेक्षिक क्षेत्रमा अत्यान्त पछाडि रहेका डोम,चमार र मुसहर जातीका विद्यार्थीका लागि इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातक तह अध्ययन÷का लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

न्युन आय भएका समुदायका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा पहुँच विस्तार गर्ने उदेश्यले अध्ययन गर्न लाग्ने खर्च सरकारले व्यहोर्ने गरी छात्रवृत्तिको व्यवस्था गरेको हो ।

साथै बिशेष छत्रवृत्ति सम्बन्धी कार्यविधि २०७२ बमोजिम बजेटको सिमा भित्र रही न्यूनतम योग्यताको आधारमा पूरा गर्ने विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरीने छ ।

आवेदन फारम २०७७÷११÷७ गते भित्र बुझाउनु पर्ने छ । आवेदन फारम www.ugcnepal.edu.np वेभसाइटबाट भर्न सकिने छ ।