काठमाण्डौं/१५ माघ– विश्वविद्यालय अनुदान आयोग (युजिसि) ले विश्वविद्यालय अनुदान आयोग कार्यक्रमको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कोभिडसँग सम्बन्धित विभिन्न क्षेत्रमा अनुदान प्रदान गर्ने भएको छ ।
आयोगले सार्वजनिक गरेको विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि,२०७७ अनुसार परियोजना अनुरुप कार्य गर्न सो अनुदान प्रदान गरिएको हो ।
कोरोना भाईरसका कारण उच्च शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या न्यूनीकरण गर्न उद्देश्यले आयोगले डिएलआईको व्यवस्था समेत गरेको छ । आयोगले सो अनुदान विश्वविद्यालय तथा सोअन्तर्गतका डीन कार्यालय, स्कूल, केन्द्रीय विभाग, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई उपलब्ध गराउने उक्त कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै, आयोगले सिकाइ व्यवस्थापन प्रणालीको विकास, शिक्षक तालिम, प्रत्यक्ष कक्षा संचालन, कक्षा संचालनको भिडियो रेकर्डिङ, विभिन्न सामग्रीहरू व्यवस्थापन लगायतका विषयमा आयोगले क्याम्पसलाई प्रदान गर्ने भएको छ ।
यसका साथै, विश्वविद्यालयबाहेकका लागि सहयोगका आधार गुणस्तर प्रत्यायन प्राप्त उच्च शिक्षण संस्थाहरू, विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू/विभाग तथा स्कूलहरू र गुणस्तर प्रत्यायनका लागि आयोगमा एसएसआर पेश गरेका उच्च शिक्षण संस्थाहरूमध्ये स्नातक तथा स्नातकोत्तर कार्यक्रम संचालन गरेका र ३०० भन्दा बढी विद्यार्थी संख्या भएका क्याम्पसलाई सहयोग प्रदान गर्ने भएको छ ।




