काठमाण्डौं /१५ माघ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण सिकाई अनुदान व्यवस्थानपन सम्बन्धी कार्यविधि (२०७७) तयार गरेको छ ।
सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ र १०) मा विषयगत शिक्षकको उपलब्धतामा वृद्धि गरी विद्यार्थीको सिकाई उपलब्धिमा अपेक्षित सुधार गर्ने उद्देश्यले सो कार्यविधि बनाईएको हो ।
विद्यालय क्षेत्र विकास कार्यक्रमले लक्षित गरे अनुसार शिक्षण सिकाई अनुदान वितरण तथा शिक्षक व्यवस्थापनलाई व्यवस्थित गर्न मन्त्रालयले कार्यविधि बनाई लागू गरेको छ ।








