चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौट गर्ने


काठमाडौ /१२ माघ – चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्ने भएको छ ।

चिकित्सा शिक्षाका स्नातकोत्तर तहको २०७७/९/ १८,१९, र २० गते सञ्चालन भएका विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका उम्मेदवारहरुको भर्ना प्रक्रियाको लागि म्याचिङ प्रणालीबाट छनौट निर्धारण गर्ने भएको हो ।

साथै चिकित्सा शिक्षा आयोगको वेबपोर्टल https://entrance.mec.gov.np मार्फत प्राथमिकता निर्धारण गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न भनिएको छ ।

प्राथमिकता निर्धारण कार्य एक पटक मात्र गराईने र सो बाटै सम्पूर्ण चरणका म्याचिङ हुने भएकोले योग्यताक्रममा रहेका सबै उम्मेदवारहरुले अनिवार्य रुपमा प्राथमिकता निर्धारण गर्नु पर्ने छ ।

प्रत्येक चरणको म्याचिङ र भर्ना प्रक्रिया पछिका रिक्त सिटहरुको जानकारी आयोगको वेबसाईटमा अद्यावधिक गरिने चिकित्सा शिक्षा आयोगले जानकारी दिएको छ । विस्तृत सूचना आयोगको वेबसाईट www.mec.gov.np बाट हेर्न सकिने छ ।