स्नातक तह तृतीय वर्षको परीक्षा फारम भर्ने समय थप


काठमाडौ/ ९ माघ -त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातक तह तृतीय वर्षको परीक्षा आवेदन फारम भर्न छुटेका परीक्षार्थीहरुका लागि समय थप गरेको छ ।

वार्षिक परीक्षा प्रणाली अनुरुप संचालित स्नातक तह तृतीय वर्षका परीक्षार्थीका लागि फारम भर्ने समय थप गरिएको हो ।

परिक्षा फारम २०७७ माघ ७ गतेसम्म भराइ सक्नुपर्ने सुचना प्रकाशन गरिए पनि अझै केहि क्याम्पसबाट तृतीय वर्षको फारम छुट्न गएको हुनाले २०७७ माघ १२ गतेभित्र छुट सबै(तृतीय वर्षको मात्र) फारम बुझाई सक्न सम्बन्धित सबैलाई सुचित गरेको छ ।

साथै उक्त मिति पछि तृतीय वर्षको फारम नबुझिने समेत त्रिविले जानकारी दिएको छ ।