महेन्द्रनगर/९ माघ -कञ्चनपुर जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरुले रिता बोहरा बचाउ अभियान सुरु गरेका छन ।
दार्चुला, लेकम गाउँपालिका वडा न १ सर्मोली गाजरी वस्ने बर्ष १३ कि रिता बोहरा ब्लड क्यान्सर जस्तो जटिल प्राणघातक रोग लागेपछि उनलाई बचाउनको लागि अभियान सुरु गरीएको हो ।
बडिपुर मा.वि. सर्मोली कक्षा ८ मा आधयनरत रिता बोहरा अहिले काठमाडौको त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत अबस्थामा छन ।
सानै उमेरमा प्राणघातक रोग भएकाले वोहरा वचाउनका लागि कञ्चनपुर जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विहिबार देखि वचाउ अभियान सुरु गरेका हुन । साथै सम्पुर्ण सहयोगी मनहरुलाई यो अभियानमा सहयोग गर्नको लागि अनुरोध गरेका छन ।



