काठमडौ /८ माघ – कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई अझै केही दिन लाग्ने भएको छ । माघ १० गते भित्र नतिजा प्रकाशन गर्ने भनिए पनि टेबुलेशनको काम नसकिएकोले अझै केही दिन लाग्ने भएको हो ।
करिब ७० प्रतिशत टेबुलेशनको काम सकिएको र अरु बाँकी भएको कारणले १० गते भित्र नै नतिजा प्रकाशन गर्न सम्भव नरहेको स्रोतले जनाएको छ । साथै सकेसम्म छिटो काम सक्ने र नतिजा प्रकाशन गर्ने तयारीमा रहेको पनि स्रोतले जनाएको छ ।
विद्यालयले पठाएको प्राप्तांक व्यावस्थित तरीकाले नपठाएको र राष्ट्रिय परीक्षा बोर्डको ढाँचामा नभएकोले यसलाई मिलाउन समय लागेका कारणले नतिजा प्रकाशनमा ढिलाभएको स्रोतले जनाएको छ ।
कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय सहभागी परीक्षार्थीहरु नतिजाको पखाईमा रहेका छन् ।


