काठमाडौ /७ माघ – नेपाल एडुफेयर डटकमको चौथो भर्चुअल शैक्षिक मेला आजदेखि सुरुभएको छ । विगतका वर्षझैँ यो वर्ष पनि प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरिएको हो ।
मेलामा कक्षा १२ पछि के पढ्ने ? कुनविषय पढेकाले के पढ्न पाउँछन् ? पढे पछि के बन्ने ? के–कस्ताअवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरणका लागि मेला आयोजना गरीएको आयोजकले बताएका छन ।
पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनु पर्ने बाध्यता थियो । त्यसलाई मध्य नजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको हो । अर्कोतर्फ अहिले कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो अवस्थामा भर्चुअल मेलाको विकल्प छैन । तर, हामीले कोरोना अगावै पनि भर्चुअल रूपमा यस्ता मेलाहरू गर्दै आएको आयोजकले बताए ।
त्यस्तै,ई–सेवाबाट ल्यापटपर नेपाल एडुफेयर डटकममा भिजिट गरेर ई–सेवामा क्लिक गर्ने बित्तिकै ५० रुपैयाँ क्यास ब्याक आउने छ । साथै विद्यार्थीलाई स्नातक तहमा नौ वटा विषयमा प्लस टु तहका ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएको छ । मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटाकलेजको सहभागिता छ । यो मेला माघ ७ गते देखि २० गते सम्म चल्ने छ ।