काठमाडौ /७ माघ- एउटै उपप्राध्यापकले त्रिविका दुइवटा क्याम्पसमा कार्यरत रहेकोले त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यलय प्रशासन शाखाले स्पष्टीकरण सोधेको छ । साथै त्रिवि कार्यकारी परीषदको निर्णयअनुार १५ दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
त्रिवि सानोठिमी क्याम्पस,भक्तपुरमा उपप्रध्यापक रहेका बलराम देवकोटाले उक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुख पदमा कार्यरत रहँदा रहँदै पनि पशुपति बहुमुखी क्याम्पस चाबहिलमा समेत कार्य गरेकोले स्पष्टीकरण सोधिएको हो ।
साथै त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम,२०५० को परिच्छेद १० को नियम ६९ विपरीत कार्य गरेको देखिएकोले सोहि नियमको परिच्छेद १० को नियम ८३ (ङ) को कसुरमा सोहि नियमको नियम ८२ (क) अन्र्तगत कारवाही गर्ने त्रिविले जनाएको छ ।



