काठमाडौ/ ७ मघ – त्रिभुवन विमानस्थलमा विदेशी डिग्री भित्र्याउन जाने विद्यार्थीहरुको हरेक दिन लामो लाइन हुन्छ । तर आज सम्म कति नेपाली विद्यार्थीहरु विदेशी डिग्री लिनको लागि विदेश गए कतिले विदेशी डिग्री पाए कुनै लेखा जोखा छैन । तर, कति रेमिट्यान्स भित्रियो यसको भने राम्रो र लामै लिस्ट हामीले पाउन सक्छौं ।
अभिभावकले एक पटक कहिल्यै आफै सँग प्रश्न गर्नु भएको छ ? १२ सकेका कलिला १७ /१८ वर्षका छोरा–छोरीलाई डिग्री लिन विदेश पठाउनु हुँदैछ कि पैसाको लगि ? एकदिन घर बाहिर साथीकोमा बस्दा असुरक्षित महशुस गर्ने, सानै छ मेरो सन्तान भनेर सोच्ने , आफ्नो त्यहि सानो छोरा–छोरीलाई दिनहुँ चर्को घाममा समुन्द्रपारी शिक्षाको नाममा पैसा कमाउने साधनको रुपमा पठाउँदै हुनुहुन्छ ।
अभिभावकले एक पटक कहिल्यै आफै सँग प्रश्न गर्नु भएको छ ? १२ सकेका कलिला १७ /१८ वर्षका छोरा–छोरीलाई डिग्री लिन विदेश पठाउनु हुँदैछ कि पैसाको लगि ? एकदिन घर बाहिर साथीकोमा बस्दा असुरक्षित महशुस गर्ने, सानै छ मेरो सन्तान भनेर सोच्ने , आफ्नो त्यहि सानो छोरा–छोरीलाई दिनहुँ चर्को घाममा समुन्द्रपारी शिक्षाको नाममा पैसा कमाउने साधनको रुपमा पठाउँदै हुनुहुन्छ ।
के तपाई आफ्ना सन्तानलाई पढाउन कै लागि विदेश पठाउँदै हुनुहुन्छ ? नेपालमा राम्रो शिक्षा नभएर नै हो त विदेश जानेको लामो लर्को भएको ? कि नेपालमा ति विषय छैनन् ? विश्व विद्यालय छैनन् ? यदि नेपालको शिक्षा तपाईको सन्तानको लागि ठीक छैन भने अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क जस्ता देशमा गएर पढ्न सक्ने क्षमतावान विद्यार्थी उनीहरुलाई कसले बनायो ? नेपालका शिक्षकहरु प्रोफेशनल थिएनन् भने आज तपाईका सन्तान विदेश र विदेशी बजारमा बिक्न सक्ने थिएनन् होला । तर एब्रोड़ स्टडीमा गएका तपाईका सन्तानले कुन लेभलको डिग्री हासिल गरे तपाईले थाहा पाउनु भयो ?
यदि नेपालको शिक्षा तपाईको सन्तानको लागि ठीक छैन भने अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क जस्ता देशमा गएर पढ्न सक्ने क्षमतावान विद्यार्थी उनीहरुलाई कसले बनायो ? नेपालका शिक्षकहरु प्रोफेशनल थिएनन् भने आज तपाईका सन्तान विदेश र विदेशी बजारमा बिक्न सक्ने थिएनन् होला । तर एब्रोड़ स्टडीमा गएका तपाईका सन्तानले कुन लेभलको डिग्री हासिल गरे तपाईले थाहा पाउनु भयो ?
१० कक्षा पढ्दै गरेको छोरालाई आमा बुबाको अर्डर आइसक्छ, बाबु ए प्लस ल्याउ है, १२ पढ्दै गरेको छोराको दिमागमा हालिन्छ पल्लाघरे साइलाको छोराले त्यहाँ गएर यति कमायो, त्यहाँ बाबु आमालाई पनि भिजिट भिजामा लाँदैछ रे ! उनीहरुको छोरा विदेशमा गएर यति पढ्यो रे ! यस्ता कुरा धेरै सुन्न पाइन्छ तर नेपालमै रहेर काम गर्नेको बारेमा वा यो पदमा पुग्यो रे भन्ने जस्ता उदाहरण सायदै कमै सुनिन्छ ।
के हामी डलरमा लोभिएकै हौँ त ? येनमा, युरोमा !! २० वर्ष पुगी सक्दा नसक्दै एउटा ठिटो खोजेर पढ्दापढ्दै सपना संगाल्दै गरेकी छोरीलाई विदेशी मोह कै कारण विवाह गर्न हतार तपाइलाई के ले बनाएको हो, छोरीको सुन्दर भविष्यले कि अमेरिका, अष्ट्रेलियाको सुन्दर जीवनयापन र समुन्द्रका फोटाहरुले या अरु नै केहि कारण छन् ? वा एउटा अपरीपक्क छोरोलाई किन विदेश अध्यानमै जान धेलिन्छ ?
हामी २१ औं शताब्दी मा छौं, देशमा लोकतन्त्र, गणतन्त्र आइसकेको छ , हामी स्वतन्त्र छौ जाहा गएर अध्ययन गरेपनि । देश ले पनि चाहे जति नो अब्जेक्सन लेटर दिईरहेको छ । बा–आमालाई पनि ऋण गरेर भए पनि १८ र २० लाख खर्चेर सन्तानलाई विदेशी हावा चखाउनु छ, विदेशी पढाइ चखाउनु छ र जीवनमा आइपर्ने समस्या अब एक्लै लड भनेर ठक्कर खान, लड्न र आँशु पुछ्दै सम्हालिन सिकाउनु छ ।
तर त्यहि सन्तानले २ लाख लगानी गरेर नेपालमै केहि व्यावसाय गर्छु भन्दा सफलताका भन्दा असफलताका अनेकौं ठूला–ठूला पहाड देखाएर विभिन्न असफल व्यक्तिका उदाहरण दिएर निराश बनाइन्छ र विदेश पठाउनमा नै जोड दिइन्छ ।
तर त्यहि सन्तानले २ लाख लगानी गरेर नेपालमै केहि व्यावसाय गर्छु भन्दा सफलताका भन्दा असफलताका अनेकौं ठूला–ठूला पहाड देखाएर विभिन्न असफल व्यक्तिका उदाहरण दिएर निराश बनाइन्छ र विदेश पठाउनमा नै जोड दिइन्छ ।
हो हामीले हाम्रा छोरा–छोरीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अब्रोड पठाउनु पर्छ, उनीहरु लाई क्षमतावान बनाउन, उज्वल भविष्य निर्माण गर्नका निम्ति विदेश पठाउनुपर्छ, दक्ष जनशक्ति बन्न विदेश पठाउनुपर्छ, उनीहरुको सफलता को लागि हामीले लगानी पनि गर्नुपर्छ । तर के तपाईका सन्तान पढ्न कै लागि विदेशी रहेका छन् या साथी भाई गए म पनि जान्छु भनेर जाने रहर पालेका छन् । वा भनौं फलानाको छोरा विदेश गयो मेरो पनि जानुपर्छ भन्ने इच्छाले तपाई आफ्ना छोरा–छोरी लाई दबाइ राख्नु भएको छ।
अझै भनौं डलर कै लोभमा, विदेश घुम्न जाने रहरमा, अरुले भिजा पाएको लोभमा आफ्ना छोरा–छोरीको बचपन बेचिरहनु भएको त छैन ? त्यसैले सन्तान को इच्छा बुझौं, उनीहरुको उमेर हेरौं, आफ्नो ईच्छा र रहर पूरा गर्नका लागि उनीहरुका सपना नतोडौं, रेमिट्यान्स भित्र्र्याउन होइन आफ्नो आलोकाँचो सन्तानलाई दक्ष बनाउन मात्र विदेश पठाउँ र नेपालमै फर्केर केहि गर्न हौसला प्रदान गरौँ ।


