काठमाडौ/ ६ माघ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले प्रि-डिप्लोमा तहको रजिस्ट्रेशन फारम खोलेको छ ।
परिषदको प्रि- डिप्लोमा तह सञ्चालन गर्ने सबै शिक्षण संस्थाहरुमा २०७७/ ७८ का लागि भर्ना अनुमति पाएका अध्ययनरत विद्यार्थीहरुको लागि रजिस्ट्रेशन फारम खोलेको हो ।
रजिस्ट्रेशन फारम माघ १८ गते भित्र नियमित शुल्कमा माघ १६ देखि २७ गते भित्र नियमित शुल्कमा र माघ २७ देखि फागुन ३ गते भित्र अबिलम्ब शुल्कमा प्रकृया पुराएर परिषद् अन्र्तगतका प्रदेश कार्यलयहरुमा बुझाउन सबै शिक्षण संस्थाहरुलाई भनिएको छ ।
साथै परीक्षा नियन्त्रण कार्यलयबाट शैक्षिक सत्र २०७७ /७८ का लागि विभिन्न मितिमा लिइएको प्रि- डिप्लोमा तहमा प्रवेश तथा पुन: प्रवेशबाट अनुमति पाएका प्रि- डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ बमोजिम भर्ना भएका विद्यार्थीले मात्र रजिस्ट्रेशन फारम भर्न पाउने छन ।




