राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आव्हान


काठमाडौ/ ५ माघ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि इच्छुक सार्वजनिक विद्यालयलाई स्थानिय तह मार्फत परीयोजना प्रस्ताव पेश गर्न भनेको छ ।

नेपाल सरकारबाट स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ मा व्यावस्था भए बमोजिम चालु आर्थिक वर्ष २०७७ /०७८ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रमा सहभागि हुन इच्छुक सार्वजनिक विद्यालयलाई प्रस्ताव पेश गर्न भनिएको हो ।

साथै सहभागि हुन इच्छुक सार्वजनिक विद्यालयले शर्त बन्देज भित्र रहि तोकिएको ढाँचा अनुसार १५ दिन भित्र प्रस्ताव पेश गर्नु पर्ने छ ।