कक्षा १२ को नतिजा प्रकाशन नहुँदा प्रवेश परीक्षा स्थगित

काठमाण्डौं/२९ पुस– कक्षा १२ को नतिजा प्रकाशन नहुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग सङ्काय अन्तर्गतको इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसको प्रवेश परीक्षा र भर्ना कार्यक्रम स्थगित भएको छ ।


विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसमा स्नातक तहमा भर्नाको लागि पौष २९ गते सम्म प्रवेश परीक्षा आवेदन फाराम भर्ने र आगामी माघ ५ गतेका लागि निर्धारण गरेको प्रवेश परीक्षा कक्षा १२ को नतिजा प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरेको उल्लेख गरेको छ । यसले १२ कक्षाको नतिजा समयमा नै प्रकाशन नहुँदा क्याम्पसले निर्धारण गरेको प्रवेश परीक्षा र भर्ना कार्यक्रम प्रभावित भएको छ ।


सूचनामा राष्ट्रिय परीक्षा वोर्डले लिइएको कक्षा १२ को नतिजा प्रकाशित भएको मितिले १५ दिन सम्म र प्रवेश परीक्षा सम्बन्धी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको उल्लेख छ ।