जिल्लामा समन्वय समिति गठन गर्न सरकारको निर्देशन


काठमाडौ /२७ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमका निम्ति देशभरका २२ वटा जिल्लामा समन्वय समिति गठन गर्न निर्देशन दिएको छ ।


केन्द्रले राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रम लागू भएका जिल्लाहरुमा समन्वय समिति गठन गर्न सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिएको हो ।


समितिमा जिल्ला शिक्षक महासंघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ र अभिभावक संघका प्रतिनिधि सदस्य रहने केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले बताए ।


सरकारले ताप्लेजुङ, धनुषा, रसुवा, तनहुँ, खोटाङ, म्याग्दी, नवलपरासी(बर्दघाट सुस्ताश्चिम), दैलेख, अछाम, महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक, रौतहट, कपिलवस्तु, भोजपुर, सिराहा, सिन्धुली, बारा, बाग्लुङ, रोल्पा, सल्यान र डोटी जिल्लामा राष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम लागू गरेको छ ।