विदेश अध्ययनमा जाने विद्यार्थीले फाईनान्सियल कुरामा विशेष ध्यान दिनु पर्छ


सरीता खड्का
सिईओ
, हब इन्टरनेशनल एजुकेशन प्रा.लि.

कोभिड–१९का कारण लामो समय बन्द भएका सबै क्षेत्र सामान्य भई सक्दा पनि शैक्षिक परामर्श क्षेत्र पूर्ण रुपमा खुल्न सकेको छैन । नेपाल सरकारले पनि यो क्षेत्रलाई अति प्रभावित क्षेत्रमा समावेश गरेको छ ।

अहिलेको परिस्थितिमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुले के–के कुरामा ध्यान दिने, कस्तोे काम गर्ने र कसरी विदेश अध्ययनमा जान सकिन्छ लगायत शैक्षिक परामर्श क्षेत्रको अहिलेको अवस्था कस्तो छ भन्ने विषयमा हब इन्टरनेशनल एजुकेशन प्रा.लि.की सिईओ सरीता खड्कासँग खबर एजुकेशनले गरेको संवाद ।

शैक्षिक परामर्श क्षेत्रमा कोभिड–१९ले कस्तो असर गरेको छ ?
कोभिड–१९ले शैक्षिक परामर्श क्षेत्रलाई मात्र नभई सबै क्षेत्रलाई नै असर पारेको छ । अहिले भने अति प्रयोगका क्षेत्रहरु बिस्तारै सञ्चालन हुन थालेका छन् । सबै क्षेत्र खुलिसक्दा पनि शैक्षिक परामर्श सेवा क्षेत्र भने सक्रिय रुपमा खुल्न सकिरहेको छैन । सरकारले पनि अन्य क्षेत्रलगायत यस क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखिएको छ ।

महामारीका कारण अधिकांश देशको सिमाना बन्द गरिएको छ । शैक्षिक परामर्श क्षेत्र आफ्नो देशसँग मात्र नभई विदेशी राष्ट्रहरुसँग पनि निर्भर हुने हँुदा र सबै व्यवसाय ट्राभलमै केन्द्रित रहने भएकोले गर्दा प्रायः देशको सबै सिमाना खुल्न नसकेका कारण यो क्षेत्रलाई निकै असर परेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश नै किन जाने ?
उच्च शिक्षा अध्ययनका लागि विदेश नै किन जाने भन्ने सवालमा एक त त्यहाँको शैक्षिक वातावरण राम्रो छ । अर्को एक्सपोजरको पनि कुरा आउँछ, जुन नेपालमा निकै कम छ । यसका साथै त्यहाँ नेटवर्किङ गर्न पनि सजिलो हुने भएकाले गर्दा विद्यार्थीहरुले विषयगत रुपमा देखेर, सुनेर व्यवहारीक रुपमा ज्ञान हासिल गर्न सकिन्छ र त्यहाँबाट सिकेको ज्ञानलाई विद्यार्थीले नेपालमा फर्केर राम्रोसँग व्यवसायमा सदुपयोग गर्न सकिने भएकाले विदेशमा गएर पढ्नु राम्रो कुरा हो ।

विदेश अध्ययनमा जाने विद्यार्थीले के–के कुरामा ध्यान दिनु पर्छ ?
विश्वभरि नै अहिले कोभिड–१९ ले असर पारिरहेको अवस्थामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले धेरै कुरामा ध्यान दिनु आवश्यक छ । अहिले विदेशमा जाँदाखेरी काम नै पाइदैन भन्ने होईन तर अलिकति गाह्रो हुन सक्छ । यसले गर्दा विद्यार्थीले फाईनान्सियल कुरामा विशेष ध्यान दिनु जरुरी छ । आफ्नो लागि कम्तिमा छ महिना वा एक वर्षका लागि लिभिङ एक्सपेन्सिभ लिएर जाँदा धेरै सजिलो हुन्छ ।

अहिले विदेशमा जाँदाखेरी काम नै पाइदैन भन्ने होईन तर अलिकति गाह्रो हुन सक्छ । यसले गर्दा विद्यार्थीले फाईनान्सियल कुरामा विशेष ध्यान दिनु जरुरी छ । आफ्नो लागि कम्तिमा छ महिना वा एक वर्षका लागि लिभिङ एक्सपेन्सिभ लिएर जाँदा धेरै सजिलो हुन्छ ।

त्यसैगरी, त्यहाँ विद्यार्थीले आफ्नो फाईनान्सियल कन्डिसन अनुसारको कलेजको छनौट तथा त्यही अनुसारको लोकेशन चयन गर्ने,विदेशको वसाई,हावापानी कामबारे राम्रोसंग बुझेर जानुपर्छ ।

साथै, विद्यार्थीले जिवनउपयोगी विभिन्न सीप सिकेर विदेशमा आफूलाई सक्षम रुपमा प्रस्तुत गर्न सक्ने गरी आफूलाई मानसिक तथा आर्थिक रुपमा सबल बनाएर गयो भने अझ बढी सहज हुन्छ । शिक्षा निति कस्तो छ ? भर्ना प्रकृया के के हुन सक्छ ? ट्युसन शुल्क,होस्टेल शुल्क लगायतका सम्पुर्ण खर्च कति लाग्छ जस्ता विषयमा विद्यार्थीले सजगता अपनाउनु पर्छ ।
यस्तै, विदेश जाँदाखेरी आफ्नो डायरी मेन्टेन गर्ने, आवश्यक कागजातका साथै डोकुमेण्ट ब्याकअप गरी लाने, त्यहाँ ट्राभल गर्दा वा एयरपोर्टमा जाँदा के लान पाइन्छ र के पाइदैन भन्ने कुरामा ख्याल गरी आफू तयारी रुपमा जाँँदा राम्रो हुन्छ ।

विदेशमा कस्ता विषय पढ्न जाने ?
यसका लागि विद्यार्थीले सबैभन्दा पहिले विषय र पढाई अनुसार देशको छनौट गर्दा राम्रो हुन्छ । कुन देशमा कुन विषय राम्रो तरिकाले पढाई हुन्छ भन्ने कुराको विभिन्न माध्यम मार्फत् जानकारी लिन सकिन्छ ।

जस्तै,म्यानेज्मेन्टका लागि अष्टे«लिया जाँदा राम्रो, आईटिको लागि युएसएए राम्रो छ । अहिले त ईण्डियामा पनि आईटि हब भईरहेको छ । यसरी विद्यार्थीले कुन ठाउँमा कुन विषय चाहिं राम्रो पढाईरहेका छन् भन्ने अनुसन्धान गरेर जाँदा धेरै राम्रो हुन्छ ।

हब एजुकेशनले के के काम गर्दे आइरहेको छ ?
हब एजुकेशनले विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहाने विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गरी उनिहरुलाई कुन देश जाँदा राम्रो हुन्छ,उसको क्षमता पहिचान गरेर कुन विषय छान्दा करीयर राम्रो हुन्छ भन्ने आधारमा विद्यार्थीलाई काउन्सिलिङ गर्दे आएका छौ ।

हब एजुकेशनले विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहाने विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गरी उनिहरुलाई कुन देश जाँदा राम्रो हुन्छ,उसको क्षमता पहिचान गरेर कुन विषय छान्दा करीयर राम्रो हुन्छ भन्ने आधारमा विद्यार्थीलाई काउन्सिलिङ गर्दे आएका छौ ।

त्यसबाहेक सम्बन्धित देशको शिक्षा नीति,विद्यार्थीले अपनाउनु पर्ने सजगता , त्याहाको रहनसहन,संस्कारका बारेमा पनि आवश्यक जानकारी दिदै आएका छौ । त्यस बाहेक पूर्व तयारीका कक्षा सञ्चालन गरीनुका साथै फाईनान्सियल डकुमेन्टेशन, ट्राभल एडवाईज र भिसा काउन्सिलिङ जस्ता सेवाहरु दिइ रहेका छौ ।

अन्तमा, विदेश पढ्न जाने विद्यार्थीहरुलाई के भन्न चाहानु हुन्छ ?
विद्यार्थीले विदेशमा केही गर्छु भनेर जानुप¥यो । फेल हुन्छु कि भनेर डराउनु भएन । त्यस्तै, भाषा सिकाईका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयमा जाँदा त्यहाँ विभिन्न देशहरुबाट विद्यार्थी आएका हुन्छन्, उनीहरुसँग भेटेर, सहकार्य गरेरै भए पनि केही कुरा सिक्छु भन्ने मानसिकता लिएर विदेश अध्ययनमा जानु राम्रो हुन्छ ।