काठमाडौं/ ७ पुस – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले डिप्लोमा तथा प्रमाण पत्र तहको रजिस्ट्रेशन फारम खोलेको छ ।
प्रिषदको डिप्लोमा तथा प्रमाण पत्र तह सञ्चालन गर्ने सबै शिक्षण संस्थाहरुमा २०७७/७८ का लागि भर्ना अनुमति पाएका अध्ययनरत विद्यार्थीहरुको लागि रजिस्ट्रेशन फारम खोलेको हो ।
रजिस्ट्रेशन फारम माघ १८ गते भित्र नियमित शुल्कमा र माघ २५ गते भित्र विलम्ब शुल्कमा प्रकृया पुराएर परिषद् अन्र्तगतका प्रदेश कार्यलयहरुमा बुझाउन सबै शिक्षण संस्थाहरुलाई भनिएको छ ।




