काठमाडौ/२६ पुस – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ को विश्वव्यपि असरका वावजुद नेकाले भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको हो ।
नेकाका अध्यक्ष सन्तोष प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ थिए । विशेष अथितिमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालि रहेका थिए । त्यसै गरी अथितिहरुमा उच्च शिक्षा माहाशाखाका प्रमुख ईमनारायण श्रेष्ठ,वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख दिलनाथ पुरी ,अष्ट्रेलिया स्थित नेपालका राजदुत महेश राज दाहाल, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख फटिक बहादुर केसि,ब्रिटिस काउन्सिलका परीक्षा निर्देशक म्यासिम रेमेन,अभिभावक माहसंघका अध्यक्ष शुप्रभात भण्डारी,अष्ट्रेलिया दुतावास नेपालका कार्यकारी राजदुत चार्ज डि अफेयर्स,एनआरएन ग्लोवलका उपाध्यक्ष मन केसी, क्यानडा ट्रेड कमिसन नेपालका सल्लाहकार द्धिराज शर्माको उपस्थिती रहेको थियो ।
उत्त कार्यक्रममा बोल्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले वैदेशिक अध्ययनको क्रममा विद्यार्थीहरु अध्ययन गर्न जाँदा महामारीको समयमा राम्रो सँग बुझेर,आफ्नो स्वस्थ्यलाई ख्याल गर्दे शैक्षिक अभियानलाई पुरा गर्न आग्रह गरेका छन । साथैे स्थापनाको छोटो समयमै नेकाले लिएको अग्रगामि एजेण्डा र सदस्य तथा विद्यार्थी केन्द्रित कार्यक्रमले गर्दा यति छोटो समयमा लोकप्रियता हासिल गरेको बताए । साथै शैक्षिक परामर्श क्षेत्रलाइ सुदृढ र व्यावस्थित वनाउदै लैजाने र विद्यार्थी तथा अभिभावक माझ समुचित गराउने कार्यमा शिक्षा मन्त्रालय साथ रहेको बताए ।
त्यस्तै अन्य अतिथिहरुले नेकाले छोटो समयमा गरेको कामको प्रशंशा गर्दे भविष्यमा विद्यार्थी र अभिभावकको आवश्यकता र चाहाना पुरा गर्ने कार्य गर्न सुझाव दिएका थिए ।
नेकाका महासचिव राकेश श्रेष्ठ द्धारा सञ्चालित र्भचुअल कार्यक्रमको समापन गर्दे नेकाका अध्यक्ष सन्तोष प्याकूरेलले जस्तोसुकै विषम परिस्थितिको वावजुत पनि नेका सदैव व्यावसायिक हकहितको लागि सधै अग्रस्थानमा रहेर कार्य गर्ने र परामर्श दिने संस्थाहरुलाई सक्षमता,समानता र समुन्नतिका लागि सदैव लागि पर्ने उदेश्यका साथ राष्ट्रिय शैक्षिक परामर्श संघ नेका अगाडि वढ्ने जनाकारी गराए । कार्यक्रममा नेकामा आवद्ध परामर्श व्यावसायिलाई क्यानडा शिक्षाको बारेमा जानकारी दिइएको थियो ।



