अझै दिएका छैनन उपत्यकाका तीन स्थानीय तहले विद्यालय खोल्न अनुमति


काठमाडौं/१४ पुस – कोभिड १९ संक्रमणको जोखिम रहेको भन्दै काठमाडौं महानगरपालिका,नार्गाजुन नगरपालिका र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले विद्यालय खोल्ने अनुमति अझै पनि दिएका छैनन ।


काठमाडौ जिल्लाका ९ स्थानीय तहमा विद्यालय सञ्चालन भए पनि काठमाडौं महानगरपालिका,नार्गाजुन नगरपालिकाले विद्यालय खोल्न अनुमति नदिएका हुन । तर उपत्यका भित्रको ललितपुर जिल्लाका सबै स्थानीय तहले विद्यालय खोल्ने अनुमति पाएका छन ।


भक्तपुरमा भक्तपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले विद्यालय सञ्चालन गरिरहे पनि मध्यपुर ठिमी नगरपालिकाले विद्यालय खोल्ने अनुमति अझै पनि दिएको छैन । ठिमी नगरपालिकाले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरोकारवालाहरू सँगको छलफल पछि काठमाडौं महानगरपालिकाले माघपछि अवस्था हेरेर विद्यालय खोल्न सकिने जानकारी दिएको छ । यस्तै, ललितपुर महानगरपालिकाले भने विद्यालयको अवस्था मूल्यांकन गरेर अनुमति दिएको छ ।