संसद् विघटन असंवैधानिक भएको नौ विद्यार्थी संगठनको ठहर

कठमाडौ /७ पुस – नौ विद्यार्थी संगठनले समसामयीक राजनैतिक घटनाक्रमको सम्बन्धमा साझा धारणा व्याक्त गरेका छन ।

नौ विद्यार्थी संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दे सरकारले गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन । साथै यो कदमले देश प्रतिगमनतर्फ जाने भएकाले यस कदमको प्रतिरोध गर्न सम्पुर्ण विद्यार्थीलाई आह्वान गरेका छन ।

राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कार्य भइरहेकाले सबै विद्यार्थी संगठन एक हुन आवश्यक रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नौ विद्यार्थी संगठनको संयुक्त विज्ञप्ति