काठमाडौ /७ पुस – सरकारले गरेको प्रतिनिधिसभा विघटनले लामो संघर्षबाट प्राप्त गरेको उपलव्धिलाई अपमानित गरेको भन्दै नेपाल शिक्षक महासङ्घले विरोध जनाएको छ ।
प्रधानमन्त्री बाट गरीएको यो कार्य गैरसंवैधानिक गैरराजनितिक हुनुका साथै लहडी र बदनियतापूर्वक रहेको पनि नेपाल शिक्षक महासङघ तथा महासङ्घ आवद्ध संस्थाहरुले बताएका छन ।
यस सङगीन घडीमा वर्तमानका राजनैतिक संवैधानिक उपलब्धिको रक्षाको पक्षामा सङ्गठित भई सक्रिय रहन सबै शिक्षाकर्मी,राजनितिककर्मी, नागरीक समाज तथा आम नेपाली जनतालाई महासङ्घले अपिल गरेको छ ।
साथै संवैधानिक विधि ,पद्धति तथा राजनितिक सहमतिबाट अघि बढ्दै समस्याको निकास निकाल्न समेत नेपाल शिक्षक महासङ्घले अपिल गरेको छ ।




